यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशकाे कति ?

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशकाे कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्ररबारका लागि विदेशी मुद्राकाे विनिमय दर निर्धारण गरेकाे छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२६ रुपैयाँ रहेको छ। आज युरोपियन युरो एकको खरिद दर १४४.२४ रुपैयाँ र बिक्री दर १४४.८९ रुपैयाँ रहेको छ।

यस्तै, साउदी रियाल एकको खरिद दर ३५.६२ रुपैयाँ र बिक्री दर ३५.७८ रुपैयाँ हुँदा मलेसियन रिंगिट एकको खरिद दर २९.२५ रुपैयाँ र बिक्री दर २९.३८ रुपैयाँ रहेको छ ।

आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.४२ रुपैयाँ रहेको छ । यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८७.३६ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.७५ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएकाे छ ।