काठमाडौं – समाज लघुवित्त वित्तीय संस्थाकाे साधारण सभा साउन ३२ गते हुने भएकाे छ । कम्पनीकाे सञ्चालक समितिको बैठकले विशेष साधारणसभा साउन ३२ गते आयोजना गर्ने निर्णय गरेको हो।
सभा सर्लाहीको मलंगवास्थित जानकी फेमली होटल एन्ड पार्टी प्यालेसमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले संस्थाको संस्थापना ताका राखिएको जारी पुँजी बोनस शेयरका लागि अपुग भएकोले सो पुँजीलाई परिवर्तन गरी ४ करोड रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले कम्पनीको स्वीकृत प्रबन्धपत्रपत्रको दफा ६ (ख) मा संशोधन गर्नेसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।



About Us
प्रतिक्रिया