कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा



काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले केही संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको ५१ हजार ५३४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

आवेदन दिँदा खरिद गर्न चाहेको शेयर कित्ता र सोको मूल्य समेत खुलाई दिनुपर्ने बैंकले जनाएको छ । बैंकले तोकिएको समयभित्र बैंकका संस्थापक शेयरधनीबाट कुनै पनि निवेदन नआएमा उक्त शेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थामा बिक्री गरिने बैंकको भनाई छ ।