१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार


काठमाडौं – सरकारले बुधबार (आज) १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले साउन १६ गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०९२ जारी गर्न लागेको हो।

११ वर्ष अवधिको यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंकिङ्ग वित्तीय संस्था, बिमा कम्पनी, संगठीत संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउनेछन्।

ऋण दिन इच्छुक आवेदकले बुधबार आज दिउँसो ३ बजेसम्म आवेदन दिन पाइनेछ । सरकारले यो ऋण यही साउन १७ गते लिनेछ र २०९२ साल साउन १७ गते सावाँ भुक्तानी गर्नेछ ।

यो ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुनेछ भने ऋणपत्र धितोमा राखी कर्जा लिन र दिन पाइने व्यवस्था छ ।