सिन्धु विकास बैंकका सीईओ गिरीद्वारा राजीनामा

सिन्धु विकास बैंकका सीईओ गिरीद्वारा राजीनामा


काठमाडौं – सिन्धु विकास बैंकका प्रमुख कार्यकरी अधिकृत (सीईओ) राम कुमार गिरीले राजीनामा दिएका छन् । सीईओ गिरीले आफ्नो व्यक्तिगत कारण देखाइ गत साउन ६ गतेबाट आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

साउन १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सीईओ गिरीको राजीनामा स्विकृत गर्ने निणर्य गरेको हो । गिरीको राजीनामासँगै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेश कुमार केसीले बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् ।