सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट


काठमाडौं – सूर्योदय वोमी लघुवित्तले एफपीओ आज बुधबार (साउन १६ गते) बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले बिहान ८ बजे एफपीओ बाँडफाँट गरेको हो ।

जसमा ४ हजार ६७२ जनाले १० कित्ताका दरले ४६ हजार ७२९ कित्ता सेयर हात पारेका छन् । बाँकी रहेको ९.५४ कित्ता ९ जनालाई १–१ कित्ताला दरले बाँडफाँट गरिएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न वेबसाइट पनि बनाएकाे छ ।