यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२७ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिद दर ८७।५३ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९२ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४४.७५ रुपैयाँ र बिक्री दर १४५.४० रुपैयाँ ताेकिएकाे छ ।

आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.६५ रुपैयाँ र बिक्री दर १७२.४२ रुपैयाँ रहेको छ। साउदी रियाल एकको खरिद दर ३५.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७९ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।