एसियन लाइफको २ लाख बढी कित्ता शेयर बिक्रीमा



काठमाडौं – एसियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको २ लाख ७१ हजार ४६ कित्ता शेयर बिक्रीमा राखिएको छ ।यो शेयरमा विद्यमान संस्थापक शेयरधनी र अन्य सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ।

इच्छुक लगानीकर्ताले १५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।