चोरी गरेर भाग्दै गरेका एक युवक पक्राउ


काठमाडौं – चोरी गरी भाग्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन्। नुवाकोट विदुर नगरपालिका-१७ घर भई काठमाडौँ महानगरपालिका-१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

शाहीलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–५ कालोपुल डेरा गरी बस्ने सुनसरीको गढी गाउँपालिका घर भएका ५६ वर्षीय भुपेन्द्र तुलाधरको कोठाबाट नगद र सुनका गरगहना उनले चोरी गरेको आरोप छ ।

सुनका विभिन्न गरगहना र नगद गरी १० लाख ७६ हजार ६ सय १० रुपैयाँ बराबरको धनमाल चोरी गरी भाग्दै गरेका उनलाई प्रहरीले गहनासहित पक्राउ परेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।