एक महिनामा सूर्यज्योति लाइफले दियो ८ करोड ४८ लाख दावी भुक्तानी



काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एक महिनामा मात्रै ८ करोड ४८ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीले असार महिनामा ३१० वटा दावीवापत उक्त रकम बराबरको दावी भुक्तानी गरेको हो ।

त्यस्तै, कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्ममा २ हजार ३५१ वटा दाबीबापत ८१ करोड ८२ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ ।