सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर किन्ने आज अन्तिम दिन


काठमाडौं – साउन ४ गतेदेखि बिक्रीमा राखिएको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरमा आवेदन दिने आज (साउन १३ गते) अन्तिम दिन रहेको छ।

एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वको उक्त संस्थापक शेयरमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाइनेछ।

कम्पनीले प्रतिकित्ता न्यूनतम ३४८ रुपैयाँमा बिक्री गर्ने गरी ६१ हजार ५०८ कित्ता शेयर लिलामी मार्फत बिक्रीमा ल्याएको हो। उक्त शेयर खरीद गर्नका लागि विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संघसंस्थाहरूले समेत आवेदन दिन पाउनेछन् ।