आईपीओ निष्कासन गर्दै आरती पावर कम्पनी

आईपीओ निष्कासन गर्दै आरती पावर कम्पनी


काठमाडौं – आरती पावर कम्पनीले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले साउन ३२ गतेका लागि बार्षिक साधारण सभा बोलाएको छ। सभामा सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने प्रस्ताव रहेको छ।

कम्पनीले सभामा वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, संचालक समिति चयन गर्ने प्रस्ताव पेश गर्ने भएको छ।

सभामा कम्पनीको शेयर पुँजीको समुहगत वर्गीकरण संशोधन गर्न कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा ‘घ’ संसोधन गर्ने प्रस्ताव रहेको छ।