यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्र्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२७ रुपैयाँ रहेको छ।

त्यस्तै, आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१।९७ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.७५ रुपैयाँ रहेको छ। आज युरोपियन युरो एकको खरिद दर १४५.११ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.७६ रुपैयाँ रहेको छ।

यसैगरी आज अस्ट्रेलियन डलर एकको खरिद दर ८७.६६ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.०५ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ।