पाँच बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक, जहाज दुर्घटनाबारे छानबिन गरिने


काठमाडौं – प्रधानमन्त्री केपी ओलीले बुधवार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बाेलाएका छन्।

बुधवार बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने क्रममा भएको दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका लागि प्रधानमन्त्रीले पाँच बजे बैठक बाेलाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दुर्घटना पछिको तीव्र उद्धार, राहतलगायत विभिन्न विषयमा निर्णय हुनेछन् । साथै एक आयोग बनाउने तयारी छ ।