काठमाडौं – मातृभूमि लघुवित्त वित्तीय संस्थाले बुधबार (आज) दरखास्त आह्रवान गर्दे प्रमुख कार्यकारी अधिकृत् (सीईओ) माग गरेकाे छ। केही समय अगाडी साविकको किसान लघुवित्त र साविकको जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरपश्चात् बनेको मातृभूमि लघुवित्तले खुल्ला प्रतिस्पर्धा मार्फत सीईओ छनौट गर्न लागेको हो।
प्रतिस्पर्धाका लागि इच्छुक योग्य व्यक्तिले निवेदनका साथ हालै खिचेको पासपोर्ट साईजको फोटो, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बायोडाटा, शैक्षिक तथा कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपिसहित साउन ९ गतेभित्र दरखास्त आवेदन दिनु पर्नेछ।
पदका लागि तोकिएको योग्यताहरुमा मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानुन विषयमा स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण लगायत छ ।
यस्तै, कुनै पनि बैंक तथा वित्तीय संस्थामा अधिकृत वा सो भन्दा माथिको तहमा रही कम्तिमा १० वर्षको कार्यानुभव हासिल गरेको हुनुपर्ने लगायतका याेग्यता पनि ताेकिएका छन्। साथै , आवेदन दिँदा ४० वर्ष पुरा भई ६० वर्ष ननाघेको हुनु पर्नेछ ।




About Us
प्रतिक्रिया