बुधबार सुनको मूल्य कति ?


काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्यले प्रतितोला २ हजार रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम राखेको छ । आज छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यसैगरी, आज चाँदीको मूल्य २० रुपैयाँले घटेको छ। मूल्य बढेसँगै आज चाँदी प्रतितोला १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।