एनआईसी एशिया बैंकका सञ्चालक संघई सम्मानित 

एनआईसी एशिया बैंकका सञ्चालक संघई सम्मानित 


बैकिंङ समाचार । एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई ‘महत्त्वपूर्ण व्यावसायिक व्यक्ति’ सीआईपीद्वारा सम्मानित भएका छन् ।

संघई अध्यक्ष रहेको त्रिवेणी स्पिनिङ मिल्स प्रा.लि.(बारा) नेपालबाट तेस्रो मुलुकमा सबैभन्दा बढी रकमको वस्तु (धागो) निर्यात गर्ने अग्रणी उद्योगको रूपमा रहेकाले सो सम्मान प्रदान गरिएको हो ।

नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत मंगलबार आयोजना गरेको एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका सञ्चालक रामचन्द्र संघईलाई व्यावसायिक व्यक्तिको परिचयपत्र, सीआईपी लोगो तथा प्रमाणपत्रले सम्मान गरेका हुन् ।

सीआईपी सम्मान निजीक्षेत्रलाई सरकारले प्रदान गर्ने सबैभन्दा ठूलो सम्मान हो ।