पोखराबाट जोमसोमको लागी उडेको जहाज सम्पर्क विहीन भन्ने हल्ला अफवाह मात्र 


काठमाडौं – साेमबार पाेखराबाट जोमसोमका लागी उडेको तारा एयरको जहाज सम्पर्क विहीन भनेर सामाजिक सञ्जालमा चलेकाे हल्ला गलत सावित भएकाे छ ।

पोखरा विमानस्थलका एटीसी चिफ योगेन्द्र कुँवरले पोखरा र जोमसोमको अहिले कुनै उडान तारा एयरले नभरेको बताउँदै यो अफवाह मात्र भएको बताएका छन् ।

यसैगरी तारा एयरले पनि गत जुन महिनाबाटै पोखरा देखी जोमसोमको तारा एयरको कुनै पनि उडान नभएको थप प्रस्ट पारेको छ।