काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋणपत्र निष्कासन गर्ने भएकाे छ। कार्यालयले ८ वर्षे अवधिको नौ अर्ब रुपैयाँको ‘विकास ऋणपत्र २०८९ घ’ निष्कासन गर्न लागेको हो।
असार १२ गते निष्कासन हुने उक्त ऋणपत्रको असार ११ गते बोलकबोल हुनेछ । बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरसरकारी वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन सक्ने कार्यालयले जनाएको छ।
इच्छुक खरिदकर्ताले सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र नेपाल राष्ट्र बैंकको अनलाइनबाट बोलकबोल पेस गर्नुपर्नेछ।



About Us
प्रतिक्रिया