बागमतीका निलम्बित मेयर थापाविरूद्ध ३० करोडको भ्रष्टाचार मुद्दा दायर


काठमाडौं – सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापाविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा दायर भएको छ। यसअघिनै भ्रष्टाचारको मुद्दा लागेर निलम्बित भएका थापाविरुद्ध मंगलबार फेरि ३० करोड भन्दा धेरैको मुद्दा दायर भएको हो ।

यसअघि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो। अख्तियारले थापाले पाँच करोड ३३ लाख ५३ हजार एक सय ८१ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको उल्लेख गरेको थियो ।

मंगलबार भने बागमती नगरपालिकाको वडा नं. ४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, वालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको भन्दै मुद्दा दायर भएको हो। थापाविरुद्ध कुल ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बिगो मागदाबी गरेर मुद्दा दायर गरिएको छ।