काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको बताएका छन्। काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षको बजेटमा नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने प्रतिवद्धता जनाए।
उनले तीन खम्बे अर्थनीति कस्तो हुन्छ? त्यसका मोडल के हुन्छन्? त्यो कसरी सँगै हिँड्छ? त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छरु र कस्तो कस्तो खालको भूमिकामा रहन्छ? भन्नेकुरा स्पष्ट रूपले सबैले बुझ्ने गरी नीति स्पष्ट गर्ने बताए। उनले नयाँ चरणको आर्थिक सुधारका लागि राजनीतिक नेतृत्व स्पष्ट रहेको बताए। उनले स्वदेशमै रोजगारको अवसर बनाउन सके अधिकांश नेपालीहरू स्वदेशमै काम गर्ने वातावरण बन्ने बताए।
अर्थमन्त्री पुनले भने, ‘नयाँ चरणको एउटा आर्थिक सुधार जरुरी छ। त्यो बहस हुँदै आएको थियो। यस पटकको बजेटमा हामी नयाँ चरणको आर्थिक सुधार गर्छौं। तीन खम्बे अर्थनीति कस्तो हुन्छ ? त्यसका मोडल के हुन्छन्रु त्यो कसरी सँगै हिँड्छरु त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छर ? र कस्तो कस्तो खालको भूमिकामा रहन्छर? भन्ने कुरा स्पष्ट रूपले सबैले बुझ्ने गरी हामी नीति स्पष्ट गर्नेछौं। संविधानले त्यो दिशा निर्देश गरिसकेको छ। त्यो हामीले अहिले प्रस्ताव गरेको नयाँ चरणको आर्थिक सुधार गर्दैछौं। त्यसको लागि काम गर्छौं। राजनीतिक नेतृत्व स्पष्ट छ, कति मान्छेले भन्छन् नि विज्ञ राखेर, केही टेक्निकल मान्छेहरूले नीति बनाइदिएको होइन। नेतृत्वको भिजन, दृष्टिकोण चाहिन्छ यसमा। हामी स्पष्ट छौं, तीन खम्बे अर्थनीति हुनेछ, निजी क्षेत्र त्यसमा अगाडि रहनेछ।’
प्रतिक्रिया