काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ७.८ प्रतिशतले बढेको छ। निक्षेप बढेर ४ खर्ब ४३ अर्ब ८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३ खर्ब ७० अर्ब ७८ करोड (७.३ प्रतिशत) ले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा २०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.८ प्रतिशतले बढेको छ । वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.० प्रतिशत, २९.१ प्रतिशत र ५९.० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ७.७ प्रतिशत, २५.८ प्रतिशत र ५९.९ प्रतिशत रहेको थियो ।



About Us
प्रतिक्रिया