काठमाडौं – काठमाडौं महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। आज एक सूचना जारी गर्दै काठमाडौं महानगरपालिकाले करार सेवामा नगर प्रहरीकाे लागि दरखास्त आह्वान गरेको हो।
नेपाली सेनाको सैन्य पदको विज्ञापन नं. ०८०/८१/०२ मा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारलाई नियुक्ति गर्ने गरी महानगरले १३७ जना नगर प्रहरी जवानका लागि आवेदन माग गरेको हो ।
नेपाली सेना, भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाबाट प्राप्त वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारमध्ये इच्छुक उम्मेदवारले ७ दिनभित्र काठमाडौं महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।




About Us
प्रतिक्रिया