संसदमा शाहीको प्रश्न,नेपाल ठुलो हो कि जिवी राई ?


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक  ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाल ठुलो कि जिवी राई भन्दै प्रश्न गरेका छन् । शाहीले मंगलबारकाे प्रतिनिधि सभा बैठकमा उक्त प्रश्न गरेका हुन्।

उनले सरकाले जिवी राईलाई पक्राउ गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले भने, ‘मलाई लाग्छ आज यो देश नेपाल भन्दा ठूलो जिवी राई हो’। उनले तत्काल जिवी राईलाई पक्राउ गर्न आग्रह समेत गरेका छन् । साथै, सचेतक शाहीले संसदमा विभिन्न ठूला घोटलाका फाइल कहिँले खुल्छ भन्ने कुरामा आफुहरु पर्खिरहेको पनि बताए ।