धितोपत्र बोर्ड भोलि नखुल्ने


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) भाेलि बन्द रहने भएको छ। भोलि अर्थात् शुक्रबार जेठ २५ गते बोर्डको ३२ औँ वार्षिकोत्सव भएकाले बन्द रहने हुने भएकाे हाे।

धितोपत्र बोर्डले आफ्नो वार्षिकोत्सव काठमाडौंको रविभवनस्थित होटेल क्राउन इम्पेरियलमा विशेष समारोहको आयोजना गर्दै मनाउने भएको छ।