सुनको मूल्य तोलामै १७ सय रुपैयाँले बढ्यो


काठमाडौं– मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनकाे मूल्य तोलामा एकै दिन एक हजार ७०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ। चाँदी तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ।