३० अर्ब ८७ करोडको आन्तरिक ऋण नवीकरण गर्दै सरकार


काठमाडाैं – सरकारले ३० अर्ब ८७ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जेठ २२ गते जारी हुने ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

कार्यालयले २८ दिने ८ अर्ब रुपैयाँ ९१ दिने ६ अर्ब १० करोड ५० लाख रुपैयाँ, १८२ दिने १० अर्ब रुपैयाँ र ३६४ दिने ६ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएकाे हाे।

यी ट्रेजरी बिल क्रमशः असार १८ गते, भदौ १८ गते, मंसिर १८ गते र २०८२ जेठ २१ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिलको बोलकबोल आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।