सुनको मूल्यमा झिनो गिरावट


काठमाडौं – स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु. एक हजारले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु. एक लाख ४२ हजारमा कारोबार भएकामा आजका सोही परिमाणको सुनको मोल रु. एक लाख ४१ हजार निर्धारण भएको छ।

यसैगरी, तेजाबी सुन आइतबार प्रतितोला रु एक लाख ४१ हजार तीन सयमा कारोबार भएकामा आज त्यति नै परिमाणको सुनको मूल्य रु. एक लाख ४० हजार तीन सय निर्धारण भएको छ।

महासङ्घले चाँदीको मूल्य तोलामा रु. १५ ले घटेको बताएको छ। आइतबार प्रतितोला रु. एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आज रु. एक हजार आठ सय ३५ मा खरिदबिक्री हुँदैछ।