चालु आर्थिक वर्षको १० महिनामा कुन जीवन बीमा कम्पनीले कति कमाएँ ?

चालु आर्थिक वर्षको १० महिनामा कुन जीवन बीमा कम्पनीले कति कमाएँ ?


काठमाडौं – चालु आर्थिक वर्षको १० महिनामा जीवन बीमा कम्पनीहरुले एक खर्ब बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार (आज) सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अहिले सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब २१ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन्। जीवन बीमा कम्पनीहरुले १ करोड ४१ लाख ४१ हजार ५ सय वटा बीमा पोलिसी बिक्री गरी सो रकम आर्जन गरेका हुन्।

सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने पहिलोमा कम्पनीमा नेपाल लाइफ रहेको छ। १० महिनाको अवधिमा कम्पनीले ३२ अर्ब ३८ करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेको छ। धेरै बीमा शुल्क आर्जन गर्ने दोस्रो कम्पनीको सूचीमा नेशनल लाइफ रहेको छ। कम्पनीले यस अवधिमा १४ अर्ब ३३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। तेस्रोमा एलआइसी नेपालले १४ अर्ब २३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । चौथोमा हिमालयन लाइफले १३ अर्ब ५१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, सूर्यज्योति लाइफले ७ अर्ब २७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। एशियन लाइफले ६ अर्ब ३८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ७६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। सिटिजन लाइफले ४ अर्ब ७० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। त्यसैगरी, सानिमा रिलायन्स लाइफले ४ अर्ब ६९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। मेट लाइफले ४ अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। आइएमई लाइफले ३ अर्ब ६५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ४१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। रिलायबल नेपाल लाइफले ३ अर्ब ३४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। सन नेपाल लाइफले ३ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ।