अन्तर्राष्ट्रिय युवा बास्केटबल च्याम्पियनसिप सुरु, श्रीलंकाविरुद्ध नेपालको जित


काठमाडौं – थाइल्यान्डको बैंककस्थित रुम्रुडी इन्टरनेसनल स्कुलको मिन बुरी क्याम्पस तथा स्विस सेक्सनमा जारी अन्तर्राष्ट्रिय युवा बास्केटबल च्याम्पियनसिप २०२६ मा नेपालले श्रीलंकालाई पराजित गरेको छ । नेपाली टिमले श्रीलंकालाई पराजित गर्दै प्रतियोगितामा विजयको सुरुवात गरेको हो ।

जुलाई २४ देखि २८ सम्म सञ्चालन हुने यस प्रतिष्ठित प्रतियोगितामा नेपालको युवा टोलीले अमेरिका, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसियालगायत विभिन्न देशका टोलीसँग प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरिरहेको छ। प्रतियोगितामा नेपालसहित भारत, थाइल्यान्ड, दक्षिण कोरिया, फिलिपिन्स, मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), इन्डोनेसिया, श्रीलंका, भियतनाम, मंगोलिया, हङकङ, मकाउ, गुआम र ताइवान गरी १५ देश सहभागी छन्।

अन्तर्राष्ट्रिय बास्केटबल महासंघ तथा बास्केटबल स्पोर्ट एसोसिएसन अफ थाइल्यान्डबाट आधिकारिक मान्यता प्राप्त यस प्रतियोगितामा ८०० देखि १,००० खेलाडीले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।