काठमाडौं – सरकारले विद्युतीय सवारी (ईभी)मा करका दर हेरफेर गरेको छ । आगामी आर्थिक वर्ष २०८१\८२ को बजेटमार्फत सरकारले विभिन्न क्षमताका गाडीको भन्सार महसुल र अन्त; शुल्क बढाएको हो।
आगामी आर्थिक वर्षका लागि सरकारले शुन्यदेखि ५० किलोवाटसम्मका गाडीमा भन्सार शुल्क १५ प्रतिशत र अन्तःशुल्क ५ प्रतिशत तोकेको छ । चालु आवका लागि गतवर्ष यी गाडीमा १० प्रतिशत भन्सार शुल्क मात्रै राखिएको थियो । ५० देखि १०० किलोवाटसम्मका विद्युतीय गाडीमा भन्सार शुल्क २० प्रतिशत र अन्तःशुल्क १५ प्रतिशत कायम गरिएको छ । यसअघि भन्सार १५ प्रतिशत र अन्तःशुल्क १० प्रतिशत थियो ।
१०० देखि २०० किलोवाटसम्मको विद्युतीय गाडीमा ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क तोकिएको छ । गतवर्ष यी गाडीमा २० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क गरी ४० प्रतिशत मात्रै कर तोकिएको थियो ।
यस्तै २०० देखि ३०० किलोवाट क्षमताका विद्युतीय सवारीमा भन्सार शुल्क ६० प्रतिशत र अन्तःशुल्क ३५ प्रतिशत कायम गरिएको छ । उक्त महसुल यस अघि ४० प्रतिशत मात्रै थियो। सो किलोवाटसम्म क्षमताका गाडीमा अन्तःशुल्क पहिलाको तुलनामा १० प्रतिशतले घटाइ ३५ प्रतिशत पुर्याएको छ।
३०० किलोवाटभन्दा बढी क्षमताका ईभीमा भन्सार शुल्क ८० प्रतिशत र अन्तःशुल्क ५० प्रतिशत तोकिएको छ । यसअघि भन्सार ६० प्रतिशत र अन्तःशुल्क पनि ६० प्रतिशत थियो । व्यवसायीहरूले कर बढेपनि मूल्य बढाउने वा नबढाउने भन्ने विषयमा उल्लेख गरेका छैनन्।



About Us
प्रतिक्रिया