२० हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै कालिका लघुवित्त

२० हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै कालिका लघुवित्त


काठमाडौं- कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले २० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । संस्थाले विभिन्न शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

सो शेयर खरीदका लागि आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा, कास्कीमा विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन पेश गर्न सक्ने कम्पनीले जनाएको छ ।