आईपीओ निष्काशनको तयारीमा रहेको युनियन लाइफकाे खुद बीमाशुल्क १३०.७८ प्रतिशतले वृद्धि

आईपीओ निष्काशनको तयारीमा रहेको युनियन लाइफकाे खुद बीमाशुल्क १३०.७८ प्रतिशतले वृद्धि


बैंकिङ समाचार । युनियन लाइफ इन्स्योरेन्सले आर्थिक बर्ष २०७६र७७ को दोस्रो त्रैमासिक अवधिसम्ममा २ अर्ब ३७ करोड खुद बीमा शुल्क संकलन गरेको गरेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा १ अर्ब ०२ करोड खुद वीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क संकलन रकम १३०।७८ प्रतिशतले बढोत्तरी भएको छ ।

त्यसैगरी लगानी, कर्जा तथा अन्यबाट १४ करोड १४ लाख र वीमालेख धितो कर्जाबाट २ करोड ०७ लाख आर्जन गरेको छ ।

कम्पनीले हालसम्म २ लाख ५१ हजार ६८२ बीमा लेख जारी गरेको छ ।यस अवधिमा कम्पनीले ४३ करोड ३७ लाख खुद दावी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन वापत ४४ करोड ७३ लाख र व्यवस्थापन खर्च ३० करोड ८० लाख गरेको छ ।

कम्पनीको खुद नाफा भने २२ करोड ३८ लाख रुपैयाँ रहेको छ । गत बर्षको यसै अवधिमा ६ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको २६२।९४ प्रतिशत धेरै हो। 

जीवन बीमा कम्पनीहरुले प्रकाशित गर्ने खुद नाफा बीमङ्कीय मुल्यांकन बाहेकको हिसाब हुने भएकाले कम्पनीको वास्तविक नाफा भन्दा अहिलेको नाफामा फरक पर्नसक्छ ।

एक अर्ब ५० करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५६ करोड २६ लाख रुपैयाँ, जीवन बीमा कोषमा ३ अर्ब ३७ करोड र महाविपत्ती जगेडामा ६ करोड २५ हजार रहेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी २९.७५ रुपैयाँ र नेटवर्थ १४१.५४ रुपैयाँ छ।  कम्पनीले ६४ करोड ५० रुपैयाँ बराबरको साधारण बिक्री गर्ने तयारीमा छ ।आईपीओको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ चयन गरिएको छ ।