बिहीबार बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

बिहीबार बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार २७ सय रुपैयाँले घटेको सुन आज २ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य एक लाख ३५ हजार ८५० रुपैयाँ तोकिएको छ ।

आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।