पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन

पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन


काठमाडौं – आजदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ । सम्मलेनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् । सम्मेलनमा मित्रराष्ट्र चीन, भारत, लगायत संयुक्त राज्य अमेरिका, जापान, बङ्गलादेश, जर्मनी सहित ५५ देशका १ हजार ६ सय लगानीकर्ता सहभागी भएका छन् ।

२ दिनसम्म चल्ने चालु सम्मेलनमा लगानी सम्मेलन निर्देशक समिति संयोजक अर्थमन्त्री वर्षमान पुन, पूर्वप्रधानमन्त्रीहरु, भारतका वाणिज्य एवं उद्योग मन्त्री, संयुक्त अधिराज्यको एशिया–प्रशान्त मामिला राज्यमन्त्री, अफ्रिका विकास मामिला राज्यमन्त्री, संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकासका महासचिव र चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग नियोगका अध्यक्ष, एसियाली विकास बैंकका उपाध्यक्ष, एसियाली पूर्वाधार लगानी बैंकका कार्यवाहक उपाध्यक्ष लगायतले भाग लिने छन् ।


समेलनको पहिलो दिन उद्योगपती बसन्त चौधरीको विएलसी होल्डिङ्स र भारतको योट्टा डाटा सर्भिसबिच लगानी सम्झौता भएको छ । विएलसीको तर्फबाट मेघा चोधरीले हस्ताक्षर गरेकी छिन्। उत्त सम्झौता ३ अर्ब लगानीमा नेपालमा बनाइने डाटा सेन्टरको लागि भएको हो । त्यस्तै, सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ र नेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री अफ मलेसिया बीच द्धिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौता व्यापार र लगानी प्रवर्द्धनका लागि भएको हो ।


यसका साथै, सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिएको छ । आयोजना पहिचान भएर पूर्वसम्भाव्यता अध्ययन पूरा भएका तथा विकासका लागि प्रारम्भिक चरणका कामसमेत अघि बढिसकेका आयोजनाहरूमा लगानी सम्मेलनमार्फत स्वदेशी तथा विदेशी लगानीकर्ताबाट आशयपत्र आह्वान गर्न लागिएको हो ।