स्पेसिफिक सर्कुलरले ५/७ महिना ब्याजदरमा स्थायित्व आउँछ, आत्तिनु पर्दैनः डेपुटी गर्भनर बम बहादुर मिश्र

स्पेसिफिक सर्कुलरले ५/७ महिना ब्याजदरमा स्थायित्व आउँछ, आत्तिनु पर्दैनः डेपुटी गर्भनर बम बहादुर मिश्र

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।   

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बैंकहरुले आत्तिएर ब्याज बढाएकाले स्पेसिफिक सर्कुलर ल्याउनु परेको बताएका छन्।बैंकहरुले बैंकिंङ प्रणालीलाई नै बिथोल्ने गरि ब्याजदरमा मनलाग्दी वृद्धि गर्दा पनि राष्ट्र बैंकले केहि नगरेको भन्ने आलोचना गरिएकोप्रति असन्तुष्टि जनाउदै राष्ट्र बैंकले स्पेसिफिक सर्कुलर ल्याएको मिश्रले बताए।

पहिलो कुरा कागजपत्र यताउता गरेन भने अलिे पनि लघुवित्तको खराब कर्जा अनुपात २० प्रतिशत पुग्छ । राष्ट्र बैंकको नीतिका कारण नै अहिले २ प्रतिशतमा सीमित रहेको छ । मैले बुझेको कुरा चाँही के हो भने हामीले पहिला सर्कुलर के जारी गरेको थियौं भने असल कर्जामा पनि १.३० प्रतिशतले पे्राभिजन राख्नुपर्छ भनेका थियौं । त्यो बेला यो ठूलो इस्यू जस्तो भएको थियो । आज त्यो सहित थियो भन्ने प्रमाणित भएको छ । यसलाई मैले राम्रो रुपमा लिएको छु ।

दोस्रो कुरा ३६६ अर्बको लोनमा २०० अर्ब बढी बैंकबाट सापटी लिएका छौं । १३० अर्बको डिपोजिट छ । सापटी, निक्षेप र यताउताको कोषहरु जोडेर तपाइहरुले ३६५ अर्बको लगानी गरेको देखिन्छ । वाणिज्य बैंकहरुबाट सापटी कम हुँदा कस्ट बढी भयो भने त्यसको असर नाफामा प्रतक्ष्य रुपमा पर्न जान्छ ।

हामीले सर्कुलर नै जारी गरेर २० प्रतिशतभन्दा धेरै लाभांश दिने लघुवित्तले त्यसको ५० प्रतिशत जनरल रिर्जव राख्नुपर्छ । त्यो गर्नुको अर्थ चाँही के हो भने लघुवित्तहरुको प्रोफ्याबलिटी चाँही राम्रै छ भन्ने भन्ने हाम्रो बुझाई छ । अहिले एजिएम रिलिजहरु आइरहेका छन् त्यसमा जुन किसिमको वित्तीय फाइनान्सियलहरु हेरिरहेका छौं । त्यसमा धेरै असन्तोष गर्नुपर्ने,अप्ठेरोमा पर्नुपर्ने हामीले देखेका छैनौं । यद्यपी धेरै मागपत्रहरु आएका छन् यसमा हामी छलफल गर्ने नै छौं ।

एउटा कुराचाँही माइक्रोफाइनान्स भर्सेस हाइड्रोपावर । यो कसरी कहाँबाट ल्यायो भन्नुहोला, हाइड्रोपावरको पीपीएमा फ्लेक्जीबल हुन्छ, माइक्रोफाइनान्सको १५ प्रतिशत फिक्स्ड छ । लघुवित्तीय संस्थाले प्रदान गर्ने ब्याजदर १५ प्रतिशतको क्याप हटाउनुपर्छ भन्ने कुराहरु आएका छन् यो छलफलको विषय छ । तपाईहरुको कस्टिङ १५ रुपैयाँभन्दा माथि गयो भने अलग कुरा छ । नेपाली बैंकिङ मार्केटमा शेखी झार्ने र अतालिने प्रवृत्ति अलि बढी छ । तपाईहरुलाई जानकारी होस् २०७८ असार मसान्तमा बैंकरहरुले हामीलाई बेसेरेट भन्दा कममा कर्जा दिन पाउनुपर्यो भन्ने मागमा आएको थियो । देवकुमार ढकाल र म दुई घण्टा बसेर छलफल गरेर ए हुँदैन भन्दा पनि हामीले दिन पाउनुपर्यो भनेर छलफल गरेको हो । ९५ दिनको स्थितिमा ब्याजदरको विषयमा हिजो अस्ति नै एक किसिमको सर्कुलर जारी गर्नुपर्यो ।

यो किसमको सानोतिनो प्लेनमा समस्या आउने वित्तीकै पाइलटले सिटबेल्ट बाध्नुस् भन्नेवित्तिकै प्लेन दुर्घटनामा पर्न लाग्यो, झ्याल खोल म हामफाल्छु भनेर बैंकरले भन्ने होइन । एउटा कुराचाँही याद गर्नुपर्ने भयो । पेटी बाँधेपछि एकछिन त बसौं, एकछिन भगवान के के जप्ने हो सोच्नुहोस्, त्यसपछि ल्यान्ड गर्छ। यहाँ त के आयो भने ढुंगाले हानेर झ्यालै खोलेर हाम्फाल्ने स्थिति आयो । त्यपछि ३ गतेराति ९ बजे सर्कुलर जारी गरेर राखौं । प्लेनसमा उड्दा उड्दै प्लेनमा हामफाल्न लाग्यो भने डार्ट गर्नुपर्ने (टाउकोमा विस्तारै तर बेहोस हुनेगरी हिर्काउने) स्थिति आयो ।

बैंकरहरु ब्याजदरको हकमा साह्रै मियोपिक अर्थात सर्ट साइटेडनेस अर्थात् यहाँमात्र हेर्ने उता परतिरको मान्छेलाई देख्दै नदेख्ने । एक महिनाको मात्र म व्यवस्था गर्छु बाँकी महिनामा देखा जायगा भन्ने खालको भन्ने खालको स्थितिले यो फक्चुयसन आएको हुनाले यसो गर्नुर्पयो । त्यो भए हाइपर मेटेरोपिया कसरी बनाउने त भन्दा हामीले १० प्रतिशतभन्दा बढी ब्याजदर बढाउन नपाउने व्यवस्था गर्यौं । अहिले पाँच प्रतिशत छ भने साँढे ५ प्रतिशत भयो। साढे ५ भए ६.०५ प्रतिशत र त्यहाँदेखि बढ्दै बढ्दै गयो भने सहज हुन्छ । ६ प्रतिशतको बचतको ब्याज घटेर डेढ प्रतिशतमा आउनलाई एक महिना पनि लाग्दैन । एक महिनामा डेढ प्रतिशतबाट बढेर साढे ८ प्रतिशत पुग्न अरु दुई महिना पनि लाग्दैन भने हामीले हेछौं नी त्यो इसिजी बनाउँदाखेरी ग्राफ अन्त्यन्त तलमाथि भयो भने आईसीयूमा राख्नुपर्ने हुन्छ । त्यो स्थिति नआउनका लागि त्यस्तै ग्राफ छ । २ प्रतिशत र ५ प्रतिशतको कुरा इसिजीको ग्राफ भनिन्छ । यसबाट व्यवस्थित भएर ब्याजदर तलमाथि गरोस् भनेर हामीले यो सर्कुलर जारी गरेका हौं ।

पब्लिक पोलेसी जारी गर्दाखेरी एक व्यक्ति र अर्कोबीच केही न केही डिस्ट्यान्स बन्छ बन्छ, त्यसलाई कम गर्न पोलेसी मेकरले कसरी सञ्चालन गर्छ भन्ने हेर्ने हो । हामीले जारी गरेको स्पेसिफिक सर्कुलर त्यसले ब्याजदरको स्थायित्व रहने अर्थात खासगरी पाँच सात महिनासम्म एकदमै जम्पिङ सिचुएसन नआओस् भनेर जारी गरिएको हो । बजारले यसरी बुझोस् ।

व्यवसायीहरु, बैंक तथा वित्तीय संस्थाहरु, सबैलाई के अनुरोध गर्न चाहन्छु भने हामी सबै एउटै जहाजमा बसेका छौं । क्रुजभित्र म चाँही मेरो कोठामा बसेँ, जे पनि गर्छु भन्यो भने अर्कोतिर प्वाल परेर त्यहाँ छिर्यो भने त्यो कोठा पनि डुब्छ । यो कुरा हामी सबैले बुझ्नुपर्ने देखिन्छ । एक आपसमा मिलेर जाऔं, व्यवसाय गर्ने हो । इन्ट्रेष्ट रेटलाई धेरै तल वा धेरै माथि गर्दादेरी डिपोजिटरको पनि कुरा आउँछ । हिजो मात्र निक्षेपको ब्याजदर बढेको छ। बजारभन्दा बाहिर पनि जानसक्ने स्थिति हुनसक्छ भनेर हामी ख्याल गर्छौं । बजारले कस्तो कुरा नबुझोस् भने हामीहरु केही पनि थाहा पाउँदैनौं, अथवा यसै सर्कुलर जारी गछौं भन्ने कुरा नबुझियोस् ।

हामीले सुक्ष्म रुपले हेरिरहेका हुन्छौंं, प्रत्येक बैंकरको, बैंक तथा वित्तीय संस्थाबाट लोन लिने (४७ लाख) ग्राहकको गतिविधि हेरेका हुन्छौं, चिनेका हुन्छौं । यसमा कस्तो किसिमको ट्रेण्डमा गइरहेको हुन्छ हामी थाहा पाउँछौं । जसरी एउटा डक्टरले आफ्नो प्यासेन्टलाई दश पन्ध्र बीसौं पटक चेक गरेपछि आउने वित्तिकै यो के भन्न आयो भने थाहा पाउँछौं । त्यसरी नै तपाइहरुले बुझ्नुहोला हामी ३० वर्षदेखि बैंकिङ गरिरहेका छौं । कमर्सियल बैंकदेखि नेपाल राष्ट्र बैंकमा मैले काम गरेको छु । जस्ता सर्कुलर आइरहेका छन्, जसरी हामी हेरिरहेका छौं, बजारले त्यसलाई पोजेटिभ्ल्ली बुझिदियोस् भन्ने मेरो अनुरोध हो ।

रह्यो कुरो, ब्याज बढ्यो । ब्याजबढ्दा व्यापारी साथिहरुदेखि संसारको गुनासो रहेको छ । हामीले २०७० सालदेखिएको ब्याजको तथ्यांक हामीले हेरिरहेका छौं । तपाइहरुले हेर्नुहोला हामी तथ्याङ्कमा पनि देखाउन सक्छौं । पोहोरको तथ्यालाई चेञ्ज गर्न सक्दैनौं हामी, आजको दिनमा पनि ८.५९ प्रतिशतको लेन्डिङ एभरेज रेट छ । त्यतिखेर ११.४५ प्रतिशतसम्मको एभरेज रेटबाट आज यहाँ आएका छौं । बेसरेट पनि ६.९३ प्रतिशत छ । कहिले पनि ब्याजदर बढ्दैन अथवा कहिले पनि घट्दैन भन्ने हुँदैन । यी सबै कुरालाई मध्यनजर गर्दै हामीले बुझ्नुपर्ने कुरा के छ भने व्यवसायिक जगतमा तल माथि उतार चढाव भन्ने कुरा हुन्छ । यो कुरा मैले किन राखेको हुँ भने धेरै किसिमका कन्फ्यूजन बजारमा आएका छन् । ‘राष्ट्र बैंकले के र्हेयो ?’, की ‘राष्ट्र बैंक चुप लागेर बस्यो ?’ अर्को राष्ट्र बैंकले हस्तक्षेप गरोस्, त्यो खालको समाचार आइरहेका हुन्छन् । मैले सुरुमै के भर्ने भने आत्तिने काम गर्नुहुँदैन ।

२०७७ असार मसान्तमा २३० अर्ब रुपैयाँ अधिक तरलता रहेको स्थीति थियो अहिले २१–२२ अर्ब तथा बढीमा ४० अर्ब रुपैयाँ अधिक तरलता देखिरहेका छौं । डराउनु पर्ने अवस्था छैन । ७०० अर्बको बैंक तथा वित्तीय संस्थाले बोन्ड बोकेर बसेका छन् । हरेक बैंकको २० प्रतिशत नेट लिक्वीडेशन बोकर बसेका छन् । अघि साथीहरुले ‘लिक्विडिटी क्रन्च’ भयो भन्नुभयो । म अचम्मित भैरहेको छु । ‘लिक्विडिटी क्रन्च’ भनेको आईसीयू भनेजस्तो हो । ओपीडीसम्म भन्नुहोस् न । त्यो ओडिङ प्रयोग गरौं भने बजारमा अप्ठेरो पर्न जान्छ । ‘लिक्विडिटी क्रन्च’ शब्द हामीले प्रयोग गर्यौं भने हामी एकदमै दुःखमा, अप्ठेरोमा छौं, भन्नुपर्ने स्थिति आउँछ । त्यो छैन । आजको अवस्थामा यो मार्केटमा अन्त्यन्त ‘प्यानिक’ हुनुपर्ने अवस्था छ भन्न भन्नुपर्ने अवस्था छैन ।

ब्याज बढ्यो, कति प्रतिशत बढ्यो, बेसरेट कहाँ छ त ? हामीले बेसरेटमा प्रिमियम त थप्नै पाइँदैन भनेका छौं । यदि त्यस्तो छ भने गुनासोमा हामीलाई भन्नुहोस्, हामीहरुले १,२ दिनभित्रमा रेस्पोन्स गर्छ भनेका छौं । बजारमा एकदमै यस्ता कुराहरु आइरहेका छन् कि स्थिति एकदमै नाजुक छ । त्यो भनेको आईसीयूमा रहेको अवस्था हैन भन्न यो भनाई राखेका हुँ । तुरुन्तै हेडलाइन्स् बन्ने काम चाँही हामीले गरौं भनेदेखि एकदुई जनाले हेराहाल्छौं, पढिहाल्छौं त्यसले अल्टिमेल्ट्ली हिट गर्दैछ ।

(नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रले नेपाल लघुवित्त बैंकर्स संघको १५ औं वार्षिक साधारण सभामा व्यक्त गरेको शुभकामना मन्तव्यको सम्पादित अंश)