बैंकिङ्ग समाचार, काठमाडौं ।
साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । दाेहाेराे अंकले घटेकाे बजारमा २ वटा उपसमूह बढ्दा बाँकी ११ वटा उपसमूह ओरालाे लागेका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.७० अंकले घटेर २५५६.९५ विन्दुमा झरेकाे छ । नेप्से ०.५७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.६५ अंकले घटेर ४८३.३९ विन्दुमा झरेको छ ।
कूल २१६ वटा कम्पनीकाे ६१ लाख ६ हजार ४ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४ सय ६० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
प्रतिक्रिया