साताको पहिलो दिन नै नेप्सेमा दोहोरो अंकको गिरावट

साताको पहिलो दिन नै नेप्सेमा दोहोरो अंकको गिरावट


बैंकिङ समाचार ।साताको पहिलो कारोवार दिन आईतबार नै नेप्से दोहोरो अंकले घटेको छ।

नेप्से आज १३ दसमलव सात अंकले घटेर १३ सय १९ दसमलव ९९ बिन्दुमा झर्दा सेन्सिटिभ पनि तीन अंकले घटेर दुई सय ८१ दसमलव चार बिन्दुमा झरेको छ।

एक सय ७३ कम्पनीहरुको ११ हजार सात सय २६ वटा कारोवारमा २५ लाख ५० हजार दुई सय ६६ कित्ता सेयर खरिद बिक्री भएकाछन्। उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ९५ करोड चार लाख दुई हजार पाँच सय ८४ रुपैयाँ पुगेको छ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा उत्पादनमुलक बढेर बाँकी ११ वटा समुहको सुचक घटेकाछन्। सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दसमलव ३९ अंकले घटेर ११ सय ४१ दसमलव ४२ बिन्दुमा झर्दा बिकास बैंक समुहको सुचक १९ दसमलव १४ अंक्ले घटेर १८ सय १२ दसमलव सात बिन्दुमा झरेको छ।

जलबिद्युत समुहको सुचक पनि आठ दसमलव ३४ अंकले घटेर एक हजार १२ दसमलव ९९ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ३१ दसमलव ५१ अंकले घटेर पाँच हजार आठ सय ९७ दसमलव ५२ बिन्दुमा झरेको छ। लघुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन्।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको स्वाभिमान लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ ८८ पैसाले बढेर एक हजार ४४ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ७५ पैसाले घटेर छ सय ८८ रुपैयाँमा कारोवार भएको छ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेको इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता पाँच सय ५० रुपैयाँ अन्तिम मुल्यमा तीन करोड ८८ लाख ९७ हजार छ सय १७ रुपैयाँको कारोवार भएको छ।