म्यानको अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरण श्रेष्ठ चयन

म्यानको अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरण श्रेष्ठ चयन


बैंकिङ समाचार ।म्यानेजमेन्ट एशोसिएसन नेपाल (म्यान)को अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ ‍चयन भएका छन् ।

सोमबार भएको एशोसिएसनको अधिवेशनबाट बैंकर श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । एशोसिएसनको प्रथम उपाध्यक्षमा बमबहादुर मिश्र चयन भएका छन् ।

मिश्र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् । दित्तीय उपाध्यक्षमा सुमन पोखरेल चयन भएका छन् । पोखरेल आइएमई रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।

कोषाध्यक्षमा भने अनु श्रेष्ठ जोशीसहित म्यानको १९ सदस्यीय समिति चयन भएको छ । जसमा एक जना भने नेपाल सरकारको प्रतिनिधि हुनेछन् ।