बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार ग्लोबल आइएमई बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ ।
स्टकका अनुसार “ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६/८७” को ३० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
ग्लोबल आइएमई बैंक लिमिटेडले चैत्र १ गते, आइतबारबाट चैत्र १६ गते, साेमबारसम्म ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको थियाे । बैंकले ८ वर्ष अवधिको लागि ‘८.५ प्रतिशत, १० वर्ष ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नाममा ऋणपत्र निष्कासन गरेकाे हाे ।
प्रतिक्रिया