दोहोरो अंकले घट्यो नेप्से, ३२ कम्पनीका लगानीकर्ताले कमाए, अरुको डुब्यो

दोहोरो अंकले घट्यो नेप्से, ३२ कम्पनीका लगानीकर्ताले कमाए, अरुको डुब्यो


बैंकिङ समाचार । आज शेयर बजार  दोहोरो अंकले घटेको छ । आज नप्से १३ दशमलव ७० अंकले घटेर १३१९ दशमलव ९९ को विन्दुमा कायम भएको छ । आज उत्पादनमुलक बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै होटल समुह २ दशमलव ७३ प्रतिशतले घटेको छ ।

आज १ सय ७३ कम्पनीको २५ लाख ५० हजार २ सय ६६ कित्ता शेयर किनबेच हुँदा ९५ करोड ४ लाख २ हजार ५ सय ८४ रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीको ३ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।

ग्लोबल आइएमई बैं, एनआइसी एशिया बैक र नागरिक लगानी कोषको ३ करोडमाथिको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, प्रुडेन्यिसयल इन्स्योरेन्स कम्पनी, एनएमबि बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लगायतको २ करोडमाथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।