बैंकिङ्ग समाचार, काठमाडौँ ।
राष्ट्रिय वाणिज्य बैंक कोष प्रबद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गतको आरविवि म्युचुअल फण्ड १ को इकाई सोमबारदेखि मात्र धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।
आरविवि म्युचुअल फण्ड १ योजनाको शुक्रबार नेप्सेमा प्रति इकाई १० रुपैयाँका दरले १२ करोड ५० लाख इकाई सूचीकृत भएको थियो ।
यसअनुसार नेप्सेमा सूचीकृत भएको दोस्रो दिन अर्थात आइतबारदेखि फण्डको इकाई कारोबारमा आउनुपर्ने हो । तर आइतबारको स्पेशल प्रि ओपनिङ्ग सेसनमा फण्डको इकाई कारोबारमा आउन नसक्दा सोमबार मात्रफण्डको इकाई कारोबारमा आउने भएको हो ।
कुनैपनि नयाँ कम्पनीको धितोपत्रको दोस्रो बजारमा नियमित कारोबारमा आउनका लागि पहिलो पटक स्पेशल प्रि ओपनिङ्गमा कारोबार हुनुपर्छ । स्पेशल प्रि ओपनिङ्गमा कारोबार नभए जुनदिन स्पेशल प्रि ओपनिङ्गमा कारोबार हुन्छ सोही दिनदेखि मात्र नियमित कारोबारमा आउने हुन्छ ।
प्रतिक्रिया