कटुवा पेस्तोलसहित १ जना पक्राउ

कटुवा पेस्तोलसहित १ जना पक्राउ


सुराहा– सिराहामा कटुवा पेस्तोलसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिका वडा नम्बर २ यादव टोलस्थितमा ऐऐ बस्ने ४९ वर्षका बिजय यादव रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

यादवको घरमा कटुवा पेस्तोल लुकाईछिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले उनको घर चेकजाँच एवं खानतलाशी गर्ने क्रममा कोठा भित्र रहेको पर्खालको र्‍याकबाट कटुवा पेस्तोल १ थान (राउण्ड नभएको) फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका यादवलाई बिहीबार जिल्ला प्रहरी कार्यालय सिरहामा लगी सम्मानित सिरहा जिल्ला अदालतबाट हातहतियार मुद्दामा ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।