किसान लघुवित्तको १३ हजार संस्थापक शेयर बिक्रीमा

किसान लघुवित्तको १३ हजार संस्थापक शेयर बिक्रीमा


काठमाडौं, किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई संस्थापक शेयरधनीको नाममा रहेको १३ हजार ९९४ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । आवेदन संस्थाको केन्द्रीय कार्यालय लम्कीचुहा–४, बलिया, कैलाली वा कर्पोरेट कार्यालय बुढानिलकण्ठ–८, मण्डीखाटार काठमाडौंमा पेश गर्नुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।