एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं– मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगले नेपाल दुरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाल, दिगम्बर झासहित १९ जना विरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरु विरुद्ध करिब एक अर्बको बिगो दावीसहित मुद्दा दायर भएको हो ।