अष्ट्रेलिया जान चाहने विद्यार्थीको भिसा आवेदन शुल्क बढ्यो

अष्ट्रेलिया जान चाहने विद्यार्थीको भिसा आवेदन शुल्क बढ्यो


काठमाडौं- अष्ट्रेलिया जान चाहने विद्यार्थीको भिसा आवेदन शुल्क बढेको छ । अष्ट्रेलिया जाने विद्यार्थी भिसा शुल्क ६५० डलरबाट बढाएर ७१५ डलर बनाइएको छ।

अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीले देखाउनुपर्ने रकम पनि २१ हजार ४१ डलरबाट बढाएर २४ हजार ५०५ डलर बनाइएको छ । त्यस्तै उच्च जोखिममा रहेका आवेदनहरूलाई थप सूक्ष्म रूपमा छानबिनको विषय हुनेछन् ।

साथै विद्यार्थी भिसा आवेदनका लागि अंग्रेजी भाषाको न्यूनतम अंक पनि बढाइएको छ । यसअघि भाषा परीक्षा हरेक विधामा न्यूनतम ५.५ राखिएका अहिले बढाएर ६ राखिएको छ । यस्तै, अध्ययनपछिको भिसाका लागि न्यूनतम ६ रहेकामा त्यसलाई बढाएर ६.५ बनाइएको छ । यसअघि अंग्रेजी अध्ययनसमेत थप गरेर आउनेहरुले न्यूनतम अंक ४.५ राखिएकामा अब अनिवार्य ५ राखिएको छ ।