नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण

नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण


काठमाडौं । नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएको छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो । सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न पाइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यससँगै नेपालको सम्भावित लोडसेडिङ टरेको छ । आन्तरिक माग पूरा गर्नका लागि भारतबाट करिब ६०० मेगावाट आयात भइरहेको छ । यो परिमाणको बिजुली आयात गर्न नसके नेपालमा ८ देखि १० घण्टासम्म लोडसेडिङ हुने सम्भावना थियो ।