करदाताको संख्या बढ्दै, ८ महिनामा ५ लाखको संख्यामा करदाता वृद्धि

करदाताको संख्या बढ्दै, ८ महिनामा ५ लाखको संख्यामा करदाता वृद्धि



काठमाडौं, ८ महिनामा ५ लाखको संख्यामा करदाता बढेका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान परिषद्को वैठकमा मन्त्री वर्षमान पुनसामु अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्यले गरेको प्रस्तुतीमा यस्तो तथ्याकं देखिएको हो ।

तथ्यांक अनुसार देशमा हाल व्यक्तिगत, व्यवसायिक र करकट्टि गर्नेसमेत कुल ६० लाख ४८ हजार ८ सय ८९ करदाता छन् जुन गत असारको तुलनामा ४ लाख ९४ हजार बढी हो ।

यस अवधिमा व्यवसायिक प्यान लिनेको संख्या ८१ हजार, करकट्टि गर्ने निकायले लिएको प्यान ३ हजार ७ सय र व्यक्तिगत प्यान लिनेको संख्या ४ लाख १० हजारले बढेको छ ।

पछिल्लो समय सरकारले विभिन्न आर्थिक क्रियाकलापमा प्यान अनिवार्य गरेको छ । फलस्वरुप प्यानमा लिनेको संख्या बढ्दै गएको छ ।

यस अवधिमा मूल्य अभिवृद्धि कर ९भ्याट०मा दर्ता हुने कम्पनीको संख्या १८ हजारले बढेर ३ लाख २७ हजार पुगेको छ भने अन्तःशुल्कमा दर्ता हुने फर्मको संख्या ७ हजारले बढेर १ लाख २३ हजार कायम भएको छ ।