आठ महिनामा लघु निर्जीवन बीमकको कुल बीमाशुल्क आर्जन १० करोड माथि

आठ महिनामा लघु निर्जीवन बीमकको कुल बीमाशुल्क आर्जन १० करोड माथि



काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार लघु निर्जीवन बीमकले चालु आर्थिक वर्ष ८ महिना फागुनसम्म सवा १० करोड रुपैयाँ बढीको व्यापार गरेका छन्। चालु आर्थिक वर्षको फागुनसम्म हाल सञ्चालनमा रहेका तीनवटा लघु निर्जीवन बीमकले १० करोड ३२ लाख ६२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।
नेपाल माइक्रो इन्स्योरेन्स
लघु निर्जीवन बीमकमध्ये सबैभन्दा बढी नेपाल माइक्रो इन्स्योरेन्स कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले फागुनसम्म ४ करोड ९० लाख ९५ हजार रुपैयाँ कुलबीमा शुल्क आर्जन गरेका छन्। यो कम्पनीले फागुनसम्म २६ हजार २४३ बीमालेख जारी गरेको छ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स
दोस्रोमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले फागुनसम्म ९ हजार १५० वटा बीमालेख बेचेर ३ करोड ४८ लाख १ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

स्टार माइक्रो इन्स्योरेन्स
लघु निर्जीवन बीमकमध्ये स्टार माइक्रो इन्स्योरेन्स ९ हजार ९६५ वटा बीमालेख जारी गरेर १ करोड ९४ लाख ६५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

नेपाल माइक्रो इन्स्योरेन्सले ५ हजार ९५१ वटा बीमालेख जारी गरेर १ करोड २५ लाख ९५ हजार रुपैयाँ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ३ हजार २७७ वटा बीमालेख जारी गरेर १ करोड १५ लाख ९ हजार रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले ४ हजार २४९ वटा बीमालेख जारी गरेर ८७ लाख १४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।