नेको इन्स्योरेन्समा रोजगारीको अवसर

नेको इन्स्योरेन्समा रोजगारीको अवसर



काठमाडौं, नेको इन्स्योरेन्स लिमिटेड कम्पनीले एक सूचना जारी गर्दै तीन शाखा कार्यालयको लागि कर्मचारी माग गरेको छ । कम्पनीले बिर्तामोड, काकर्भिट्टा र दमक शाखा कार्यालयको लागि अफिसर र जुनिएर अफिसर पदमा पाँच जना कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट प्लस टु तह उत्तिर्ण गरेको हुनुपर्ने प्रकाशित सूचनामा उल्लेख गरेको छ । उक्त पदमा आवेदन दिने उम्मेदवारहरुमध्ये अनुभवि र दक्षलाई बढी प्राथमिकता प्रदान गर्ने कम्पनीले जनाएको छ । इच्छुक उम्मेदवारले कम्पनीको आधिकारिक इमेल मार्फत आवेदन दिन सक्नेछन् ।